Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षा‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ हुने

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ हुने


काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार माघ ५ गते फेयर सञ्चालन गर्न लागेको हो ।

काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकै छानामुनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई शतप्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात् कस्ता–कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् ।

कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्वस्तरका विश्वविद्यालयहरू जस्तैः न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ एडिलेडका प्रतिनिधिहरू सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्ने जनाएको छ । काठमाडौंमा माघ पाँच गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा शनिबार, माघ ६ गते फेयर सञ्चालन गर्नेछ । सो फेयरमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

यस्तै बुटवलमा माघ ७ गते फेयर सञ्चालन हुने फेयरमा नौवटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ । यस्तै पोखरा शाखाको कार्यक्रम माघ ८ गते सञ्चालन हुनेछ । सो फेयरमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसरलगायत विविध विषयमा अन्तरक्रियाबाट प्रस्ट हुन सक्नेछन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया