Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘भोकमरी र बेरोजगारी अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक’

‘भोकमरी र बेरोजगारी अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक’


काठमाडौं, जेठ २५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमरी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिति विषयक भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले गाउँमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाउँ फर्केका नागरिकलाई गाउँमै रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

वरिष्ठ नेता पौडेलले आफूले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाउँमा नै बसौँबसौँ बनाउनका लागि मौका आएको बताए । उनले अब गाउँ–गाउँमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधा गाउँमा पु-याएर नागरिकको रोजगारी र आम्दानी गाउँमा नै पाउने अवस्थाको सृजना गरे मात्र अर्थतन्त्र जोगाउन सकिने बताए ।

नेता पौडेलले राज्यको भूगोलको पुनर्संरचना भएपछि सामाजिक आर्थिक पुनर्संरचना हुन नसकेको बताए । उनले राज्यको सामाजिक रूपमा पनि पुनर्संरचना आवश्यक रहेको बताए । राज्यको सामाजिक रूपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए । वरिष्ठ नेता पौडेलले सामाजिक रूपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उद्गम थलोमा जातीय विभेदका घटना तीन आन्दोलनका नायकहरूद्वारा हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले १७ हजार मान्छेको ज्यान सामाजिक रूपान्तरणका लागि नभई सत्ता प्राप्तिका लागि भएको आम नागरिकको बुझाइ रहेको बताए । वरिष्ठ नेता पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने क्षमता राख्नुपर्ने बताए ।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए । उनले दोस्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरीकी र चीनियाँ ध्रुवमा विश्व विभाजित हुने बताए । नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरू उत्साहित भएका तर लोकतन्त्रवादी सशंकित भएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x