Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमानिसको हड्डीसहित तीन जना पक्राउ

मानिसको हड्डीसहित तीन जना पक्राउ


सोलुखुम्बु, जेठ २६
सोलुखुम्बु प्रहरीले मानिसको हड्डीसहित ३ जनालाई पक्राउ परेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय भीम बहादुर तामाङ, सोताङ गाउँपालिका वडा नम्बर १ का २८ वर्षीया टेकमान राई र ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का ४९ वर्षीय लाङिमा शेर्पा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरु केही समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सचना अधिकारी तथा प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । पक्राउ परेको उनीहरुको साथबाट मानिसका विभिन्न आकारका हड्डी समेत बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरुले केका लागि हड्डी निकाले भन्ने अहिले एकीन नभएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x