Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखाद्य सामग्री : निःशुल्क डेलिभरी

खाद्य सामग्री : निःशुल्क डेलिभरी


काठमाडौं, असार ४
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ । कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको संक्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो । यसअघि चक्रपथभित्र सुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि सुरु गरिएको उनले बताए ।

इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकम बीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पु-याइने छ ।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिए । अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको उनले बताए । उनले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने समेत बताए ।

उपत्यकाको चक्रपथभित्र यसअघि नै सञ्चालन भएको सेवा अहिले भने चक्रथप बाहिर पाँच किलोमिटरसम्म पुगेर दिइने उनले बताए । कोभिड­१९ को महामारीले गर्दा लकडाउन सुरु भएसँगै इकमर्स सेवाको माग ह्वात्तै बढेको छ । सोही कारण कम्पनीले इकमर्स सेवा सुरु गरेको थियो । ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ । अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजारसम्मको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x