Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुटेरा समूहद्वारा बाँकेमा व्यवसायीको हत्या प्रयास, तीन घाइते

लुटेरा समूहद्वारा बाँकेमा व्यवसायीको हत्या प्रयास, तीन घाइते


बाँक, असार ८
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ सिसमघारीमा लुटेरा समूहले एक व्यवसायीको हत्या प्रयास गरेका छन् । प्रहरी चौकी फत्तेपुर ‘क’का अनुसार लुटेरा समूहको आक्रमणबाट व्यवसायी ३५ वर्षीय पप्पु जैसवाल, उनकी श्रीमती ३० वर्षीया नितुदेवी र १० वर्षीय छोरा मुकेश घाइते भएका छन् । आइतबार बिहान करिब दुई बजेको समयमा प्रहरी चौकीदेखि पाँच सय मिटरको दूरीमा रहेको घरमा लुटेराहरूको समूहले धारिलो हतियार प्रयोग व्यवसायीको ज्यान लिने प्रयास गरेका हुन् । प्रहरी चौकी फत्तेपुर ‘क’ का इन्चार्ज असई फत्तेबहादुर हमालले घटनाको पुष्टि समेत गरे ।

‘राति अज्ञात समूहले पप्पु जैसवालका परिवारमाथि धारिलो हतियारले आक्रमण गरेको रहेछ’ उनले भने, ‘घटनास्थलबाट कुनै वस्तु भने फेला परेको छैन । घटनामा संग्लन रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर केरकार गरिरहेका छौँ ।’ वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले लुटेरा समूहले खुकुरी प्रहार गर्दा व्यवसायी पप्पुका परिवारका तीन सदस्यहरू घाइते भएको बताए । ‘राति लुटपाट गर्ने उद्देश्यले लुटेराहरूको समूह घरमा पुगेको रहेछ’ उनले परिवारका सदस्यको भनाइ उद्धृत गर्दै भने, ‘समयमा नै थाहा पाएका कारण चोरी भने गर्न पाएनन् । तीन जनामाथि खुकुरी भने प्रहार गरेर भागे ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x