Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिन्धुपाल्चोक लिदीका पहिरोपीडितलाई एनआरएनएको आर्थिक सहयोग

सिन्धुपाल्चोक लिदीका पहिरोपीडितलाई एनआरएनएको आर्थिक सहयोग


काठमाडौं, भदौ १८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरोपीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरोपीडितहरूको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड –१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए ।

उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड –१९ को परिस्थिति सहज भएपछि सरकारसँग समन्वय गरेर जाने बताए । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए ।

सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरूको सहभागिता थियो । जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पु-याउँदा १ सय ५६ भन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x