Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभैरहवामा श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौँ धाउन नपर्ने

भैरहवामा श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौँ धाउन नपर्ने


काठमाडौं । भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ । उक्त कार्यलय सञ्चालनमा आएसँगै अब श्रम स्वीकृतिका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ ।

भैरहवामा सञ्चालनमा आएको उक्त कार्यालयको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले अस्गर अली मियाले दिएको श्रम स्वीकृति निवेदनलाई स्वीकृत गर्दै कार्यालयको उद्घाटन गरेका हुन् । मियाले कतार जान श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलायन्सले उडान सुरु गरेपछि सरकारले भैरहवामा श्रम तथा रोजगार कार्यालय खोलेको हो ।

जिल्ला प्रशासन कार्यालयको अगाडि उक्त कार्यालय सञ्चालनमा आएको हो । रोजगारीको सिलसिलामा विदेश जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम अब यहीँबाट हुने भएको छ । मन्त्री श्रेष्ठले अब छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम विना झन्झट गर्ने व्यवस्था मिलाउने बताए । विदेश जाने व्यक्तिलाई सीप सिकाउनका लागि आगामी बजेटमार्फत सातै प्रदेशमा सीपमूलक तालिमको कार्यक्रम ल्याउन लागिएको पनि उनले जानकारी दिए ।

रुपन्देहीका सांसद प्रमोदकुमार यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढङ्गबाट हुने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरे । कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनका लागि मेनपावर कम्पनी पनि आवश्यक रहेकाले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । सरकारले सुविधा दिएमा मेनपावर कार्यालय खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।

देशमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकाले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारबाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकाले बिचौलियाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गरे । भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै कुवेतको जजिरा एयरले हप्तामा तीन दिन उडान गरिरहेको छ । छिट्टै अन्य देशका नियमित उडान गर्ने तयारीमा सरकार लागिरहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौँसम्म जोखिम मोलेर आकाशमा उडिरहनुपर्ने बाध्यता हटेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया