पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए
काठमाडौं । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ ।
महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिए ।
वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले बुधबार सदनका संरचना भत्काएको हो । खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया