महानगरद्वारा जसपा नेता समात्ने नगरप्रहरीलाई जिम्मेवारीबाट हटाइयो
विराटनगर । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने नगरप्रहरीलाई विराटनगर महानगरपालिकाले जिम्मेवारीबाट हटाएको छ । महानगरपालिकाले एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई मंगलबारदेखि नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो ।
पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच विवाद भएपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो ।
जसपा नेता यादवलाई नगर प्रहरीले समातेर ल्याएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । नगरप्रमुख नागेश कोइरालाले आन्दोलनपछि नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।
जसपाको प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो । मेयर नागेश कोइरालाले छानबिनपछि नगरप्रहरी हलल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगरप्रहरी सेवाबाट हटाएको जानकारी दिएका छन् ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया