Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि सुन्तला महोत्सव

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि सुन्तला महोत्सव


मुग्लिन । चितवनको इच्छाकामना सुन्तला उत्पादनका लागि उर्वरभूमि रहेको छ । यतिबेला इच्छाकामना गाउँपालिकाको गाउँहरुमा सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । गाउँपालिकाले सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको सुन्तला महोत्सव गर्न लागिएको बताए । महोत्सवका लागि किसानसँगै छलफल गरिरहेको उनले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेलगायत गाउँका करिब तीन सय बिघा भन्दाबढी जग्गामा सुन्तला खेती हुने गरेकाले महोत्सव गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका

तपाईको प्रतिक्रिया