Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकापालिकालाई हिलोमुक्त बनाउने प्रयास

पालिकालाई हिलोमुक्त बनाउने प्रयास


दोलखा । जिल्लास्थित बैतेश्वर गाउँपालिकाका ग्रामीण सडकमा धमाधम ढलान गर्ने कार्य भइरहेको छ । पालिकाको वडा नम्बर–३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक मैनापोखरी ज्यामिरे– बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदानमा मैनापोखरी ज्यामिरे–बगर सडकको ढलानको काम भइरहेको छ । उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । यस सडकको ढलान कार्य बैतेश्वर गाउँपालिकाले ठेक्कामार्फत गरिरहेको छ । यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँच सय मिटर सडक ढलान हुने पालिकाका सब–इन्जिनियर विश्वास घिमिरेले बताए । यसैगरी वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख रुपैयाँ अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भइसकेको छ ।

त्यसैगरी अस्पताल–पाँडुडाँडा सडक र वडा नम्बर– ६ र ७ लाई जोड्ने च्यानडाँडा–छाप सडकमा पनि ढलान गर्नका लागि तयारी थालिएको छ । च्यानडाँडा–छाप सडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारले ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै नाम्दु– पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान र पालिकाले एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पालिकाले पुराना चार सडक गोपी–जोरमाने सडक, बुस्ती– पुतलीकाठ सडक, देउराली– क्षेत्रपा सडक ढलान गर्न पनि प्रतिसडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिएका छन् ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया