आँबुखैरेनी गाउँपालिकाले नौ महिनामा ग-यो उत्कृष्ट ३२ काम
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालू आर्थिक वर्षको नौ महिनामा गरेका ३२ उत्कृष्ट कामहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, पर्यटन, वातावरणलगायतका क्षेत्रमा महत्वपूर्ण एवं लोकप्रिय काम गरेको हो ।
पालिकाका अध्यक्ष शुक्र चुमाङको सक्रियतामा चालू आर्थिक वर्षको नौ महिनामा दर्जनौँ लोकप्रिय कामहरुको सम्पन्न भएको र दर्जनौँ कामहरुको सुरुवाती चरणमा रहेको छ । स्वास्थ्य क्षेत्रमा पालिकाले एमबीबीएस डाक्टरसहित २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने १५ श्ययाको अस्पताल सञ्चालन गरेको छ ।
अस्पतालमा एक्सरे, ल्याब, ईसीजी, ओपीडी, इमर्जेन्सी, सुत्केरी, रेबिज खोप, गर्भपतन, आँखाको उपचारलगायतका सेवाहरु सञ्चालनमा रहेका छन् । सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न परिवारलाई निःशुल्क सेवा उपलब्ध गराएको छ ।
क्यान्सर तथा जटिल रोग लागेका बिरामीलाई पालिकाकै स्रोतबाट ५० हजार आर्थिक सहायता उपलब्ध गराउने गरेको छ भने विशेषज्ञहरुको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा पालिकाले आवश्यकताको आधारमा विद्यालयहरुलाई बस खरिद पक्रिया अगाडि बढाएको छ । पाँच कक्षासम्म पढ्ने विद्यार्थीलाई पोशाक तथा झोला वितरण, गाउँ शिक्षा कोष स्थापना र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय भर्नाको कार्यक्रम लागू गरेको छ । त्यस्तै, पालिकाले शिक्षा क्षेत्रमा विद्यालयमा स्मार्ट कक्षाको निर्माण र ई–लर्निङ सेन्टरको निर्माण प्रक्रियालाई अगाडि बढाएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि पालिकाले ऐना पहरामा सिसाको पुल निर्माण र छिम्केश्वरीमा केबलकार निर्माणको लागि तयारी अगाडि बढाएको छ । गाउँपालिकाले घर बनाउँदा निःशुल्क नक्सा पास गर्ने व्यवस्था लागू गरेको छ भने एक वडा एक कालोपत्रे सडक र नक्सापास प्रणाली लागू गरेको छ ।
यस्तै कृषि क्षेत्रलाई विकास गर्ने उद्देश्यले पालिकाले कृत्रिम गर्भाधान मिसन कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन केन्द्र, हाटबजार र एक वडा एक उत्पादन कार्यक्रमलगायत थुप्रै लोकप्रिय कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक वडामा नागरिक सेवा केन्द्र र सहिद परिवार तथा घाइते अपाङ्गलाई जीवन निर्वाह भत्ता वितरणलगायतका लोकप्रिय कामहरु पालिकाले अगाडि बढाएको छ ।
उद्यम विकासको क्षेत्रमा पनि आँबुखैरेनीले उद्यम विकास केन्द्रको निर्माण र विभिन्न किसिमका तालिम सञ्चालन गर्नेगरेको छ । पालिकाले सुशासन स्थापनाको लागि विद्युतीय हाजिरी, अनलाइन राजस्व प्रणाली, अनलाइन योजना सम्झौता, डिजिटल नागरिक वडापत्र र सूचना फेसबुक र वेबसाइटबाट प्रकाशन गर्ने पद्धतिलाई अंगीकार गर्दै आएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया