ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न एक करोड संकलन
काठमाडौं । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न एक करोड रकम संकलन भएको छ । सेवा केन्द्र सञ्चालनको लागि सहयोगार्थ आयोजना गरिएको श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा उक्त रकम संकलन भएको हो ।
गत जेठ ७ गतेदेखि १५ गतेसम्म चलेको महायज्ञमा उपस्थित विभिन्न भक्तजन तथा व्यक्तिबाट नगद एक करोड चार लाख रकम संकलन भएको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मिक पर्यटकीय स्थानको रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजक गरिएको थियो । त्यसैगरी जिल्लाका नौवटा स्थानीय तहले आगामी बजेटमार्फत एक करोड बराबरको अक्षयकोष स्थापना गरी सेवा केन्द्र सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
महायज्ञमा सबैभन्दा बढी रकम गैरीमुदीकी शारदा उप्रेती घिमिरेले गरेकी छिन् । उनले १५ लाख दुई हजार रुपैयाँ हस्तान्तरण गरेको आयोजकले जनाएको छ । विभिन्न व्यक्ति र पालिकाको घोषणाअनुसार रकम दिए अक्षय कोषमा दुई करोड ४ लाख रुपैयाँ जम्मा हुने आयोजकको भनाइ छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #page 3
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया