Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन लगायत समसाययिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । राष्ट्रपति आफूले पाउनुपर्ने माग एमालेले राख्दै आएको छ भने माओवादी केन्द्र त्यसमा सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । नेपाली कांग्रेस पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा  छ ।

यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया