Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमिड सोलु हाइड्रोले आईपीओ निष्काशन गर्ने

मिड सोलु हाइड्रोले आईपीओ निष्काशन गर्ने


सोलुखुम्बु । मिड सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सात करोड ४८ लाख ४० हजार रुपैयाँको सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले सात लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयलाई निष्काशन गर्न लागेको हो । यसमध्ये पाँच लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिका– ३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि र एक लाख ८७ हजार १०० कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि निष्काशन गर्ने आयोजनाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया