Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशदीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न एमालेको आग्रह

दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न एमालेको आग्रह


गण्डकी । गण्डकी प्रदेश सरकारलाई नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आग्रह गरेको छ । आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

उनले सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको बताए । बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रमुख सचेतक नेपालीले गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको बताए । नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया