Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्बिनी प्रदेशसभामा छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

लुम्बिनी प्रदेशसभामा छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल


लुम्बिनी । सोमबारदेखि तीन दिन लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल हुने भएको छ ।

आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको सभामुख तुलाराम घर्तीले जानकारी गराए । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ ।

यही जेठ २६ गते प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । आजको बैठकमा नीति तथा कार्यक्रमबारे धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ । धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहहेका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधार स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ । व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश

तपाईको प्रतिक्रिया