Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति

कोशी चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति


पथरी (मोरङ) । गएराति मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा कोही नबस्ने भएकाले आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । प्रहरी कार्यालय पथरीले आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको जनाएको छ ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया