Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुखुम्बु प्रहरीद्वारा सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

सोलुखुम्बु प्रहरीद्वारा सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया


सल्लेरी (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पर्यटकसँग अन्तरक्रिया गरेको छ । सोमबार बेस क्याम्प पुगेर जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो ।

सुरक्षामा कुनै कमी भए जानकारी गराउन जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले पर्यटकलाई आग्रह गरेका छन् । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जानकारी दिए । “सगरमाथा क्षेत्रको चार हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैनन् । यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुनसक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाका बारेमा चेतनामूलक अन्तरक्रिया गरेका हौँ”, उनले भने ।

सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो बढ्न थालेसँगै सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रिया गरिएको प्रनाउ घिमिरेको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया