Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमधेसी आयोगले कोशी प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस गर्दै

मधेसी आयोगले कोशी प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस गर्दै


मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगकी सदस्य रेनुदेवी साहले नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगको पाँचौं वार्षिक प्रतिवेदन मंगलबार पेस गरिन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आयोगले पहिचान गरेका समस्या सबैको भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताए ।

प्रमुख खापुङले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउदै हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए ।

आयोगकी सदस्य साहले प्रतिवेदन पेस गर्दै १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिइन् ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया