Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरंग ब्यापार संघको नाम परिवर्तन, आगामी जेठमा नयाँ नेतृत्वको लागि निर्वाचन

मोरंग ब्यापार संघको नाम परिवर्तन, आगामी जेठमा नयाँ नेतृत्वको लागि निर्वाचन


विराटनगर । मोरंग ब्यापार संघको नाम परिवर्तन गरी मोरंग उद्योग ब्यापार संघ राखिएको छ । संघको हालै सम्पन्न ६७ औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेको हो ।

साथै संघले आगामी जेठ महिनाको पहिलो हप्ता भित्र नयाँ कार्यसमिति गठन गर्नका लागि कार्यकारिणी सदस्यको निर्वाचन गर्ने समय सीमाको पनि टुंगो लागाएको छ । संघका अध्यक्ष नविन रिजालले साधारणसभामा ६० दिन भित्र निर्वाचन गर्ने समय सिमा माग गरेका थिए । अध्यक्ष रिजालले नयाँ वर्ष २०८१ को कारण देखाएर दुुई महिना भित्र चुनाव गराउने समय माग गरेको भएतापनि उक्त समय सीमालाई साधारण सभाले अस्वीकार गरेको एक उद्योगिले जानकारी दिए । संघको नयाँ नेतृत्वको लागी निर्वाचनको समय सिमा निर्धारण भएसँगै संघको आगामी नेतृत्वका लागि ब्यवसायीको दौडधुप पनि शुरु भएको छ ।

संघको आगामी नेतृत्वका लागि अध्यक्षमा उद्योगि अनुपम राठी निर्विरोध जस्तै देखिएका छन भने वरिष्ठ उपाध्यक्षका लागि ब्यापक लविङ्ग सुरु भएको ब्यवसायीहरूले बताएका छन । संघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उद्योगि विकास कुमार बेगवानी निर्विवादीत जस्तै भएपछि हार्डवेयर ब्यापारी अनिल साहले पुर्व अध्यक्षहरूलाई प्रयोग गरे सो पद आफनो बनाउने प्रयासमा लागेको एक ब्यवसायीले जानकारी दिए । यसले गर्दा आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष को भन्ने जिज्ञासा बढेको छ । हार्डवेयर ब्यवसायी साह ब्यवसायी भन्दा पनि बढी राजनीति पृष्ठभुमीमा रहेका कारण राजनीति ब्यक्तिलाई ब्यवसायीको संस्थाभित्र नेतृत्व दिने की नदिने भन्ने जस्तो गम्भिर प्रश्न पनि उठेको छ । संघका एक पुर्व अध्यक्ष ब्यवसायी एवं उद्योगिको प्रतिनीधिमुलक संस्थामा कुनै पनि पार्टीले राजनीति नगर्दा नै बेस हुने बताउँछन् ।

संघको साधारण सभाले बढीमा आगामी जेठ महिनाको पहिलो हप्ता भित्र निर्वाचन गर्ने गरी समय तालिकालाई अनुमोदन गरेको थियो । मोरङ उद्योग व्यापार संघमा सुरुमा १६ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन्छ । कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष चयन हुने संघको विधानले व्यवस्था गरेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था संघको विधानमा रहेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया