Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जादुई देशका तर्फबाट १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

दुई देशका तर्फबाट १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर


काठमाडौं । नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १७ मा भएको नेपाल र भारतका ऊर्जासचिवका बिचमा प्रारम्भिक हस्तक्षर भएको थियो । त्यही सम्झौतालाई अन्तिम रुप दिने पूर्वसमझदारी अनुसार हस्ताक्षर भएको हो । यो सम्झौताको अवधि २५ वर्ष हुने र प्रत्येक १० वर्ष पुनः नवीकरण हुँदै जानेछ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया