Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजारमा ३० दशमलव ९२ अंकको गिरावट

सेयरबजारमा ३० दशमलव ९२ अंकको गिरावट


काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ३० दशमलव ९२ अंकले घटेर दुई हजार ६७ विन्दुमा झरेको छ ।

कारोबारमा आएका दुई सय ४६ कम्पनीमध्ये दुई सय २६ कम्पनीको सेयरमूल्य घटेको छ । १९ कम्पनीका सेयरधनीले भने कमाएका छन् । एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यसदिन चार अर्ब १८ करोड छ लाख ३२ हजार रुपैयाँबराबरको एक करोड १५ लाख १४ हजार पाँच सय ७१ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब रुपैयाँ कायम भएको छ ।

फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ३५ प्रतिशतले घटेको छ । यस्तै अन्य समूह दुई प्रतिशत, लघुवित्त एक दशमलव ४७, उत्पादन तथा प्रशोधन एक दशमलव ३३, विकास बैंक एक दशमलव तीन, लगानी एक दशमलव २९, जीवन बीमा एक दशमलव २७, बैंकिङ शून्य दशमलव २२, निर्जीवन बीमा एक दशमलव १५, होटल तथा पर्यटन शून्य दशमलव ७७ प्रतिशत, म्युचुअल फन्ड शून्य दशमलव २६ र व्यापार शून्य दशमलव शून्य एक प्रतिशतले घटेका छन् ।

समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै छ दशमलव एक प्रतिशतले कमाएका छन् । सामलिङ पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै नौ दशमलव ४२ प्रतिशतले गुमाएका छन् । हिमायलन रि–इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ५४ करोड रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया