Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार बिन्दुबाट ओर्लियो सेयर बजार

दुई हजार बिन्दुबाट ओर्लियो सेयर बजार

२८ अंकले बजार घट्दा दुई अर्ब ५९ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) दुई हजार बिन्दुबाट तल झरेको छ । अघिल्लो दिन झिनो अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २८ दशमलव ६८ अंकले ओरालो लागेर १९ सय ७२ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार तीन सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार नौं सय ९१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैंयाँको सेयर किनबेच भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा उपससमुहको सुचक ओरालो लागेको छ । उक्त समुहको सुुचक एक सय ३१ दशमलव ९८ अंकलेओरालो लाग्दा होटल तथा पर्यटन उपसमुहको सुचक एक सय १६ दशमलव ७० अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा उपसमुहको सुचक पनि ७२ दशमलव ७० अंकले ओरालो लागेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया