Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार २५ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार २५ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन नौं दशमलव १९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १० दशमलव ७१ अंकले ओरालो लागेर दुई हजार २५ दशमलव ३० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले ओरालो लागेर तीन सय ५८ दशमलव १९ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीह्रुको ६१ हजार चार सय २० पटक सेयर किनबेच भएको छ । जसमबाट ८६ लाख ९६ हजार नौं सय १८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपससमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये उत्पादनमुलक र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया