Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार बिन्दुबाट तल झर्यो सेयर बजार

दुई हजार बिन्दुबाट तल झर्यो सेयर बजार

१४ अंकले ओरालो लाग्दा दुई अर्ब १० करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १६ दशमलव ८२ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १४ दशमलव ८१ अंकले ओरालो लागेर १९ सय ९१ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २६ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३९ हजार चार सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ रुपैंयाँमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक चार दशमलव ३९, बिकास बैंक उपसमुहको सुचक सात दशमलव ७८, फाईनान्स उपसमुहको सुुचक नौं दशमलव ७७, जलबिद्युत उपसमुहको सुचक ३२ दशमलव ४१, जीवन बीमा उपसमुहको सुचक ५५ दशमलव ११ र निर्जीवन बीमा उपसमुहको सुचक ७८ दशमलव २० अंकले ओरालो लागेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ उपसमुहहरुको सुचक पनि ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया