Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारराजनीतिक कोर्स करेक्सन संगै सेयर बजारमा देखियो उछाल

राजनीतिक कोर्स करेक्सन संगै सेयर बजारमा देखियो उछाल

तीन पटकको पोजेटिभ सर्किट ब्रेक पछि दिनभरको लागि कारोबार बन्द


काठमाडौं,राजनीतिक कोर्स करेक्सन संगै सेयर बजारमा देखियो उछाल देखिएको छ । काँग्रेस सहितको गठबन्धन सरकार भत्किएर नेकपा एमाले र रास्वपा सहितको सत्ता समिकरण बने संगै सेयर बजारमा उछाल देखिएको हो । अघिल्लो दिन ११ दशमलव ७८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार बजार खुलेको पहिलो तीन दिन ३० सेकेन्डमा नैं चार प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । पहिलो सर्किट ब्रेक पछि खुलेको नेप्से एक मिनेटमा नै पाँच प्रतिशतले बढेपछि पुन दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । त्यसपछि खुलेको नेप्से एक मिनेटमा नै पुन छ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आज सोमबार दिनभरको लागि कारोबार बन्द भएको छ ।

नेप्से आज एक सय १७ दशमलव ७० अंक अर्थाथ छ प्रतिशतले बढेर दुई हजार ७८ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५४ अंकले बढेर तीन सय ६९ दशमलव २७ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ३७ वटा कम्पनीहरुको तीन हजार आठ सय ६३ पटकको कारोबारमा नौं लाख ३४ हजार नौं सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम ३७ करोड ५२ लाख नौं हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन सहितका १२ वटा उपसमुहहरुको सुचक उच्च अंकले बढेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया