Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक दुई हजार ६७ बिन्दुमा

बजार परिसुचक दुई हजार ६७ बिन्दुमा

छ अंकले ओरालो लाग्दा तीन अर्ब ६३ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव २७ अंंकले उकालो लागेको नेप्से आज मंगलबार भने छ दशमलव २४ अंकले ओरालो लागेर दुई हजार ६७ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६३ हजार आठ सय एक पटकको कारोबारमा ९४ लाख ७८ हजार नौं सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा र लघुवित्त उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया