Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ६३ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ६३ बिन्दुमा खुम्चियो सेयर बजार

झण्डै चार अंकले ओरालो लाग्दा तीन अर्ब ४९ करोडको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव २४ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने तीन दशमलव ३४ अंकले ओरालो लागेर दुई हजार ६३ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव शुन्य तीन बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज तीन सय पाँच वटा कमपनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६० हजार १६ पटकको कारोबारमा ९४ लाख ४५ हजार छ सय ९७ पटकको कारोबारमा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैंयाँको सेयर किनबेच भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया