Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार २३ बिन्दुमा खुम्चियो सेयरबजार

दुई हजार २३ बिन्दुमा खुम्चियो सेयरबजार


काठमाडौं । सेयर बजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन झण्डै पाँच अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार तीन दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार २३ दशमलव ५४ बिन्दुमा खुम्चिएको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८४ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव एक बिन्दुमा खुम्चिएको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३७ हजार तीन सय ३८ पटकको कारोबारमा ५१ लाख २० हजार आठ सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार तीन सय ६५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुमहरुको सुचक उकालो लागेका छन भने बाँकी उपससमुहहरुको सुुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया