Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारफेरि घट्यो सेयरबजार

फेरि घट्यो सेयरबजार


काठमाडौं । साताको अन्तिम दिन सेयरबजार आठ दशमलव दुई आठ अंकले घटेर एक हजार आठ सय ६६ दशमलव सात नौ विन्दुमा बन्द भएको छ । सेन्सिटिभ परिसूचक पनि शून्य दशमलव नौ दुई अंकले घटेर तीन सय ५३ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक शून्य दशमलव छ दुई अंकले घटेर एक सय ३० दशमलव पाँच चार विन्दुमा बन्द भएको छ । सेन्सिटिभ फ्लोट इन्डेक्स पनि शून्य दशमलव तीन नौ अंकले घटेर एक सय १७ दशमलव दुई पाँच विन्दुमा झरेको छ । यस साता तीन दिन लगातार घटेको बजार बुधबार रङ परिवर्तन भएर हरियाली भएको थियो । तर बिहीबार बजार थामिन सकेन । बुधबार आठ अंक बढीले बढेको बजार बिहीबार त्यति नै अंकले घटेको छ । कारोबार रकम भने बुधबारको तुलनामा सुधार भएको छ । बिहीबार ९२ करोड ६ लाख रुपैयाँबराबरको २८ लाख ७० हजार आठ सय १९ कित्ता सेयर किनबेच भएको छ ।

आएका दुई सय १८ कम्पनीमध्ये एक सय ६५ कम्पनीको सेयर मूल्यमा आएको गिरावटले बजार घटेको हो । यस दिन ४८ कम्पनीका सेयरधनीले कमाएका छन् । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।  बैंकिङ, निर्जीवन बीमा र व्यापारबाहेकका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ शून्य दशमलव शून्य चार, निर्जीवन बीमा शून्य दशमलव शून्य दुई र व्यापार शून्य दशमलव एक नौ प्रतिशतले बढेका छन् । वित्त कम्पनीहरुको उपसमूह सर्वाधिक एक दशमलव चार दुई प्रतिशतले घटेको छ ।

यस्तै विकास बैंक एक दशमलव दुई दुई, जलविद्युत् एक दशमलव एक पाँच, लगानी शून्य दशमलव नौ नौ, म्युचुअल फण्ड शून्य दशमलव आठ तीन, उत्पादन तथा प्रशोधन शून्य दशमलव चार पाँच, लघुवित्त शून्य दशमलव तीन नौ, होटल तथा पर्यटन शून्य दशमलव तीन, जीवन बीमा शून्य दशमलव दुई र अन्य शून्य दशमलव सात आठ प्रतिशतले घटेका छन् ।  कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य बिहीबार पनि नौ दशमलव नौ आठ प्रतिशतले बढेको छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड–दोस्रोको इकाइ मूल्य पनि नौ दशमलव नौ चार प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउनेमा सामलिङ पावर कम्पनी लिमिटेडका सेयरधनी छन् । यो कम्पनीको सेयर मूल्य सात दशमलव चार तीन प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको चार करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया