जर्मनीमा न्यायाधिशलाई भन्दा शिक्षकलाई बढी सुविधा
२०४३ सालमा म ताप्लेजुङको मेरो जन्मगाउँ खोक्लिङस्थित श्री मोती मा.वि. मा पढाउँथें । उसबखत मेरो गाउँको यस विद्यालयले १० वर्षसम्म एस.एल.सी. मा वर्षेनी १ जना पास गराउन नसकेर आर्थिक सहायता रोक्का व्यहोरेको थियो । एक दिन ११ बजेतिर एक हुल जर्मन पुरुष र महिलाहरु स्कूलमा आए र मेरा बारेमा अर्को एकजनालाई सोधपुछ गरेर मलाई खोजेछन । म कक्षामा थिएँ । पढाइसकेर म बाहिर आएर उनीहरुलाई भेटें ।
उनीहरु जर्मनको कुनै टेलिभिजनका मानिस रहेछन् र उनीहरु मेरो गाउँ नजिकैको लिबाङमा बसेर सन १९६६–७६ ताका लिम्बूको बिजुवाका बारेमा अध्ययन गरेका फिलीप सागन्तको प्रकाशित पुस्तक D0zing Shaman को विषयवस्तुमा टेलिफिल्म बनाउने उदेश्यले आएका रहेछन् । ती फिलीपसँग मैले ७÷८ कक्षा पढ्दा संगत गरेको र उनले दिएको सितलु मिठाइ धेरैपटक खाएको थिएँ । उनका बारेमा संस्मरण म लेख्छु ।
ताप्लेजुङ जिल्लाको प्रमुख जिल्ला शिक्षा अधिकारी भोजराज बराल हुनुहुन्थ्यो । उनीहरुले उहाँसँग भेटेर एक जना दोभाषे माग्दा उहाँले आफ्नो औंलाले देखाएर (तमोरखोला वारिपारि रहेको मेरो गाउँको स्कूल त्यहाँबाट देखिन्छ) त्यहाँ गएर यो पत्र दिनु । उसले तपाईंहरुलाई मद्दत गर्छ भनेर मलाई लेखेको पत्र दिएर एउटा प्रहरी साथ लगाएर पठाउनुभएछ ।
त्यस दिन मैले स्कूल छेउको नरबहादुर सन्न्यासी दाइको पसलमा उनीहरुका लागि यथोचित खानापानको प्रबन्ध गरी लिबाङ लिएर गएँ र उनीहरुका लागि हप्ता दश दिन बस्ने ठाउँ खाने ठाउँ र सुटिङका लागि चाहिने घुङरिङ, सेउली, बाँस आदिको प्रबन्ध गराए । उनीहरुलाई जान्ने फेदाङ्मा चाहिन्थ्यो । यस्तो फेदाङमा लिबाङमा नपाइएकोले थलङबाट झिकाएर काम लगाइयो र उनीहरु सुटिङ गरेर फर्कि आउँदा पुनः बिहानको खान नरबहादुर दाइकोमा खाए ।
उनीहरु यस मोती मा.वि.का शिक्षक शिक्षिका देखेर छक्क परेका थिए । उनीहरु भन्थे यति सानो उमेरमा यस्तो तरिकाले जर्मनीमा शिक्षण कार्य हुँदैन । उमेर ढल्किएका र शिक्षणकला र बौद्धिकतामा परिपक्व मानिस मात्र शिक्षक हुन्छन् र उसको सबैले इज्जत, सम्मान गर्दछन् ।
उसको सुविधा पनि सबैको भन्दा धेरै हुन्छ तर भनिन्छ हाम्रो मुलुकमा दक्ष, बौद्धिक र परिपक्व मानिस विदेश जान्छन, त्यसपछिको मानिस लोकसेवा पास गर्न सक्ने सरकारी जागीरमा र विदेशी एजेन्सीको जागीरमा जान्छन र बाँकी रहेका अन्तिम चाहिं शिक्षक बन्छन । यो वास्तविकता हो । क्षमा गर्नुहोला अपवादमा केही थोरै योग्य र दक्ष पनि हुनुहोला । अब सुधार भएछ भने प्रसङ्ग बदलिएला ।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया