Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाबाटुलेचौरस्थित विन्ध्यवासिनी मावि पोखराकै सर्वोत्कृष्ट

बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि पोखराकै सर्वोत्कृष्ट


पोखरा । पोखरा महानगरपालिका वडा नं.१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखराका सामुदायिक विद्यालयहरुमध्ये सर्वोत्कृष्ट घोषित भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराले पोखरामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा २०७९ को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको थियो । सो विश्लेषणमा औसत जिपिए ३.१८ प्राप्त गरी विन्ध्यवासिनी उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।

महानगरको विश्लेषणमा पोखरा–१२ स्थित अमरसिंह मावि ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा १२ कै शीतलादेवी मावि ३.०७ जिपिए प्राप्त गरी तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि विन्ध्यवासिनी प्रथम, अमरसिंह द्वितीय र शीतलादेवी तृतीय भएका छन् ।

एसईईमा कम्तिमा ५० जना परीक्षार्थी समावेश भएका सामुदायिक विद्यालयमध्ये भुर्जुङ्गखोलास्थित माछापुच्छ्रे माविले २.९५ जिपिएसहित चौथो स्थान प्राप्त गरेको छ । विन्ध्यवासिनी माविमा प्रयाप्त खेलकुद मैदान नहुँदा थोरै अकंले केन्द्रको मूल्यांकनमा प्रथम हुनबाट रोकिएको छ ।पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझावसमेत दिएका छन् । स्थानीय चण्डीका आधारभूत विद्यालयलाई पनि विन्ध्यवासिनीमै मर्ज गर्ने निर्णयसहित तयारी गरिएको छ । विद्यालयमा हाल १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विन्ध्यवासिनी मावि यसअघि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा भने नेपालभरमै प्रथम र शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया