Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ


सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् । गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का बिक्रम खडकाको उक्त मोटरसाइकल चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएपछि बिराटनगर महानगरपालिका-११ बाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया