Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकिओचलाई आनी छोइङ डोल्मा फाउन्डेसनको एक करोड ८० लाख सहयोग

किओचलाई आनी छोइङ डोल्मा फाउन्डेसनको एक करोड ८० लाख सहयोग


काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आनी छोइङ ड्रोल्मा फाउन्डेसनले एक करोड ८० लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौं बाल अस्पतालको भवन निर्माणको लागि फाउन्डेसनले सो रकम सहयोग गरेको हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौं बाल अस्पतालको निर्माण कार्य सुरु भई जग निर्माणको कार्य जारी रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिंग निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिङको कार्य भइरहेको किओचले जनाएको छ । यी सम्पूर्ण कार्य गर्नका लागि संघीय सरकार, प्रदेश सरकार, काठमाडौं महानगरपालिकालगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तीय संस्थाहरू, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरूबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भइरहेको बताइएको छ ।

किओचले यसअघि पहिलो किओच बाल अस्पतालको रूपमा झापामा दमक बाल अस्पताल स्थापना गरी सेवा सुरू गरिसकेको छ । यस अस्पतालबाट बहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयूलगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बालस्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले किओचको स्थापना भएको हो । किओचको काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भाैितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ । बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपाङ्गताबाट बचाउनु र परिवारलाई गरिबीको दुष्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको किओचले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया