Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकानेपाली सेनाद्वारा प्रतापपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य सेवा

नेपाली सेनाद्वारा प्रतापपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य सेवा


नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेपाली सेनाले आयोजना गरेको पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य सेवा शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।

प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको स्वास्थ्य जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय नागरिकले शिविरमा स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए । खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहुँचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताए । शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया