Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीबुटवलमा मोर्डन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको शाखा

बुटवलमा मोर्डन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको शाखा


बुटवल  । मोर्डन डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालि र टेस्ला फार्मेसीले बुटवलमा आफ्नो शाखा शुभारम्भ गरेको छ । अत्याधुनिक सेवा र सुविधा सम्पन्न सो ल्याबको नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कम्पनीका अनुसार काठमाडौं, भरतपुर र जनकपुरपछि बुटवलमा स्थापना गरिएको यो चौथो शाखा र प्रयोगशाला बी ग्रेडको हो । यस क्षेत्रका व्यवसायीहरू सुमन पाठक, लक्ष्मण पाठक, विशाल कंडेल, गोविन्द पाठक, मुकुन्द ज्ञवाली, राजु पौडेल, मधु पोखरेलको संयुक्त लगानीमा मोडन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको बुटवल शाखा सञ्चालनमा आएको हो । कुल छ करोड लगानीमा ल्याब र फार्मेसी सञ्चालनमा ल्याइएको अध्यक्ष शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनले प्याथोलोजी सेवालाई अझ बढी गुणस्तरीय बनाउने उद्देश्यले बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिए । शुभारम्भका अवसरमा तत्कालका लागि कम्पनीले ल्याब परीक्षणमा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको सञ्चालक मधु पोखरेलले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया