Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहकप्रद सेयर जारी गर्नु आवश्यकता कि बाध्यता ?

हकप्रद सेयर जारी गर्नु आवश्यकता कि बाध्यता ?


काठमाडौं । पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबको दिनमा पनि थुप्रै हकप्रद सेयरहरू जारी हुनेवाला छ सेबोनमा हकप्रद सेयर जारी गर्नका लागि थुप्रै कम्पनीहरू पाइपलाइनमा रहेका बताउँछन् सरोकारवालाहरू । त्यसो त भटाभट हकप्रद सेयरहरू जारी भइरहेको कारणले सेयरबजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नको लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयरहरू बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी गर्ने भनेको पुँजी वृद्धि गर्नका लागि नै हो । हकप्रद सेयर भनेको कम्पनीका आफ्ना साबिकका सेयरधनीहरूका लागि जारी गरिने सेयरलाई हकप्रद सेयर भनेर भन्ने गरिन्छ । हकप्रद सेयरहरू जारी गरेका कम्पनीको सेयर हुनेहरूले मात्र हकप्रद सेयर किन्न र भर्न पाउँछ । त्यसो त कतिपय अवस्थामा बाध्यताले पनि हकप्रद सेयरहरू जारी गर्न परिरहेको बताउँछन् कम्पनीहरू । पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूको हकप्रद सेयरहरू कम्पनीहरूले आफ्नो लोन तिर्नका लागि बाध्यतावश हकप्रद सेयर जारी गर्नुपरेको बताइरहेका छन् । पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूले हकप्रद सेयर जारी गरिरहेको भने पुँजी वृद्धिका लागि नभएर कम्पनीको ऋण तिर्नका लागि भन्ने गरिरहेका छन् । त्यसो त कतिपय सरोकारवलाहरूको भनाइमा ऋण तिर्नका लागि हकप्रद सेयरहरू जारी गर्न नहुने बताइरहेका छन् जानकारहरू । त्यसो त कतिपय जानकारहरूको भनाइमा ऋण तिर्नका लागि हकप्रद सेयरहरू जारी गरिए पनि कम्पनीको ऋण तिरी सकेपछि कम्पनीले फाइदा गरेको नाफा गरेको सेयरधनीहरूले लाभांशको रूपमा पाउने छन् भनेर पनि भन्ने गरेका छन् । त्यसैगरी हकप्रद सेयर जारी गर्ने गरिरहेका कतिपय हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य किताबी मूल्यभन्दा पनि कम रहेको बताउँछन् । किताबी मूल्यभन्दा कम मूल्य भएका कम्पनीहरूले हकप्रद सेयर जारी गर्न नहुने पनि बताइरहेका छन् ।

त्यसो त कम्पनीहरूको लागि पुँजी वृद्धि गर्ने सजिलो बाटो भनेको हकप्रद सेयर जारी गर्ने नै हो । त्यसो त कतिपय कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि कम्पनीहरू एक आपसमा मर्ज गर्ने र एक्वायर गर्ने पनि गरिरहेका छन् । तर पनि हाइड्रोपावर कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयरहरू नै जारी गर्ने गरिरहेका छन् । बैंक तथा वित्त कम्पनीहरूले बीमा कम्पनीहरूले एक आपसमा मर्ज गर्ने र एक्वायर गर्ने गरे पनि हाइड्रोपावर कम्पनीहरूले भने यसो गरेको भने देखिँदैन । तर हाइड्रोपावर कम्पनीहरूले हकप्रद सेयर जारी गर्नका कारण भनेको पँुजी वृद्धि गर्नका लागिभन्दा पनि ऋण तिर्नका लागि भएकाले हाइड्रोपावर कम्पनीहरूको हकप्रद सेयर जारी गर्नुपर्ने बाध्यता पनि हो भनेर पनि भन्ने गरेका छन् सरोकारवालाहरू । यस कारणले अबको दिनमा हाइड्रोपावर कम्पनीहरूको धमाधम हकप्रद सेयरहरू जारी गर्ने तयारी गरिरहेका छन् । त्यसो त पछिल्लो समयमा हकप्रद सेयरप्रति सेयरधनीहरूको आकर्षण रहेको पनि देखिन्छ । हालसाल मात्र जारी गरेका अपर तामाकोशीको हकप्रद सेयरमा सेयरधनीहरूको चासो रहेको देखियो । अपर तामाकोशीको ८० प्रतिशतभन्दा बढी हकप्रद सेयर बिक्री भएको बताउँछन् सम्बन्धित सरोकारवालाहरू । त्यसो त हकप्रद सेयर जारी गर्ने कम्पनीहरूमा सबैभन्दा बढी कित्ता संख्यामा हकप्रद सेयर जारी गरेको कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनी नै होला शायद । त्यसो त हाइड्रोपावर कम्पनीहरूले ५० प्रतिशतदेखि दुई सय प्रतिशतसम्म हकप्रद सेयरहरू जारी गरिरहेका छन् ।

कम्पनीहरूको पुँजी गर्नुपर्ने बाध्यताले होस् वा आवश्यकताले होस् सबैजसो कम्पनीहरूले भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेकाले सेयरबजारमा सेयरको आपूर्ति बढेको भने पक्कै हो । विगतमा बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउन तीन चार सय प्रतिशतसम्म पुँजी वृद्धि गर्नुपर्ने बाध्यताले हकप्रद सेयरहरू जारी गरेकाले बजारमा सेयरको आपूर्ति बढी भएर सेयरको मूल्यमा गिरावट आएको थियो । हकप्रद सेयरको बजारमा बाढी आएको कारणले बजारमा मागभन्दा बढी आपूर्ति बढेको कारणले सेयरबजार ओरालो लागेको हो भन्ने पनि धेरै को भनाइ रहेको छ । पछिल्लो समयमा सेयरबजार ओरालो लगेको कारणलाई कतिपयले हकप्रद सेयरलाई पनि मानेका छन् भने कतिपयले धमाधम विभिन्न कम्पनीहरूको प्राथमिक सेयर जारी गरिरहेको कारणलाई पनि मानेका छन् । सेयरबजार ओरालो लागेको कारणमा । त्यसो त विगतमा पनि हकप्रद सेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढी रहने गरेका थिए । त्यसो त कतिपय लगानीकर्ताहरूलाई हकप्रद सेयर भनेको नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहारजस्तै भएको छ ।

त्यसो त पछिल्लो समयमा सेयरधनीहरूसँग हकप्रद सेयरले गर्दा सेयरको थुप्रो नै भइसकेका छन् । यसकारणले पनि लगानीकर्ताहरू सेयर खरिद गर्नमा भन्दा बिक्री गर्नमा बढी लागेको देखिन्छ । यसकारणले पनि नेप्से घटेको सेयरबजार ओरालो लागेको हो भन्नेमा धेरैको भनाइ रहेको छ । त्यसो त सेयरबजार ओरालो लागेको विविध कारणहरू हुन सक्छ । तर पनि धेरैको भनाइमा सेयरको आपूर्ति बजारमा बढेकाले नै हो भन्नेमा छन् सरोकारवालाहरू । त्यसो त सरकार राजनीतिक कारणले र हल्लाको कारणले पनि सेयरबजारमा असर गर्ने गरेको छ । त्यस्तै, बैंकहरूको ब्याजदरले पनि सेयरबजारमा असर गरेको हुन्छ तर पनि पछिल्लो समयमा सेयरबजार ओरालो लागेको कारण मौद्रिक नीति नै रहेको सरोकारवालाहरूको भनाइ रहेका छन् । मौद्रिक नीति जारी भएदेखि ओरालो लागेको छ सेयरबजार ।

अहिले जारी गरिरहेका कम्पनीहरूले पहिले पनि हकप्रद सेयर जारी गरिसकेका कम्पनीहरू पनि रहेका छन् । शतप्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीले पन्ध्र–पन्ध्र वर्ष भइसक्दा पनि सेयरधनीहरूलाई एक रुपैया पनि लाभांश नदिएका कम्पनीहरू पनि छन् । लाभांशचाहिँ दिन सकेका छैनन् तर लोन तिर्न भनेर शतप्रतिशत हकप्रद जारी गर्यो भनेर आक्रोश पोखेका छन् कतिपय सेयरधनीहरूले । विभिन्न कम्पनीहरूले धेरे मात्रामा हकप्रद सेयरहरू जारी गर्ने गर्दा लगानीकर्ताहरू समस्यामा पर्ने गरेका छन् । कतिपय लगानीकर्ताहरूसँग धेरै कम्पनीहरूको सेयर हुने गरेका छन् । आफूसँग भएको सबै सेयरहरूको एकै समयमा हकप्रद सेयरहरू जारी हुँदा लगानीकर्ताहरूलाई रकमको जोहो गर्न समस्या हुने गरेका छन् । कतिपयको भनाइमा सेबोनले कमिसनको चक्करमा यसो गरेको हो भनेर पनि भन्ने गरेका छन् । हकप्रद सेयरको जारीले नेप्से घटाउन मद्दत गर्ने गरेको पनि जानकारहरू बताउँछन् । त्यसो त मागभन्दा आपूर्ति बढेपछि भाउ घट्ने त सामान्य नै हो अर्थशास्त्रको सिद्धान्तले पनि यहि भन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया