Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबीच सम्झौता


काठमाडौं, भदौ ४
विदेशमा रहेका नेपालीहरूलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र वायर बार्लीबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । सम्झौतापछि अस्ट्रेलिया, अमेरिका, न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरूले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायर बार्लीको मोबाइल एप अथवा अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । वायर बार्लीको मोबाइल एप गुगुल प्ले स्टोर, एप स्टोरबाट डाउनलोड गरी आफ्ना मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।

वायर बार्लीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायर बार्लीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरूबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायर बार्लीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न हामी हाम्रा ग्राहकहरूलाई अनुरोध गर्दछौँ तथा यस माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको जानकारी बैंकले दिएको छ । देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र एक सय २४ वटा एटीएममार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायर बार्लीबीचको सहकार्यले नेपालीहरूलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यसअघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरूलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरूसँग सम्झौता गरी कारोबार गर्दै आएको छ । नेपाल इन्भेष्मेण्ट बैंकले भारतमा एक्सीस बैंक, अमेरिकामा पेवल (जुम) साउदी अरेबियामा बैंक अलिवाद (इनाज), अलराजी बैंक, साम्बा ग्रुप, यूएइमा वालस्ट्रिट एक्सचेन्ज कतारमा सिटी एक्सचेन्ज गल्भ एक्सचेन्ज, दक्षिण कोरियामा ई ९ पे रेमिट्यान्स र युरोप तथा अन्य मुलुकवाट सेवा दिन ट्रान्सफरसँग सहकार्य गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया