माछापुुच्छ्रे बैंकका थापा र न्यौपाने नायब महाप्रबन्धकमा बढुवा
काठमाडौं, वैशाख १५
माछापुच्छ्रे बैंक लिमिटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । सन् २००० बाट बैंकिङ करियर सुरु गरेका थापासँग बैंक अफ काठमाण्डौं तथा सानिमा बैंकमा काम गरेको अनुभव रहेका छन् । न्यौपाने कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनलगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत छ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध थापालाई बैंकिङ क्षेत्रमा बैंकिङ विजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन् ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाडौँ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसँग बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल राख्छन् । साथै, सेल्स र मार्केटिङमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका छन् । उनीसँग एभरेष्ट बैंक तथा एनआईसी बैंकमा विभिन्न भूमिकामा काम गरेको अनुुभव रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया