Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग

काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग


काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि महानगर विपद् व्यवस्थापन समितिले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णय बमोजिम नगरपालिकाको खातामा जम्मा हुने गरी सोमबार रकम पठाउने महानगरले जनाएको छ । १२ गते बुधबार दिउँसो १ बजेदेखि जरलहवा टोलमा आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ कच्ची र ९ अर्धपक्की गरी एक सय घर जलेका छन् । आगलागीबाट ४५५ जना व्यक्ति प्रभावित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया