सरकारी वित्त ८३ अर्ब ५३ करोड रुपैयाँले बचतमा
सुरेश राउत
काठमाडौं, वैशाख १७
सरकारी वित्त बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ८३ अर्ब ५३ करोड रुपैयाँले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति आठ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक संघीय सरकारको कुल खर्च पाँच खर्ब ६२ अर्ब ९७ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च पाँच खर्ब १९ अर्ब ५८ करोड रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन छ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसमा प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश गरिएको समेत बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन पाँच खर्ब २० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । २०७६ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुुई खर्ब १३ अर्ब ९५ करोड रहेको छ । उक्त रकममा स्थानीय तहको खातामा रहेको ६० अर्ब ८५ करोड रुपैयाँ समेतको नगद मौज्दात रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कुुल आन्तरिक कर्जा चार दशमलव आठ प्रतिशतले बढ्यो : कुुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल आन्तरिक कर्जा चार दशमलव आठ प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो कर्जा १३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुुसार वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा यस्तो कर्जा १२ दशमलव छ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ दशमलव तीन प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुनमसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा विस्तृत मुद्राप्रदाय सात दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रा प्रदाय आठ दशमलव चार प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १४ दशमलव छ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा÷नोक्सान समायोजित) ३७ अर्ब ८४ करोड अर्थात् तीन दशमलव आठ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ५८ अर्ब ९९ करोड अर्थात् पाँच दशमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा शून्य दशमलव दुुई प्रतिशतले घटेकोे छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा आठ दशमलव तीन प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा सञ्चित मुद्रा सात दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया