कामना सेवामा अनलाइन खाता खोल्न सकिने
काठमाडौँ, वैशाख १७
कामना सेवा विकास बैंकमा अनलाइनमार्फत खाता खोल्न सकिने भएको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनतामाझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै बैंकले ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबारदेखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
यो सेवापश्चात् ग्राहकहरूले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो इच्छाअनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्न साथ ग्राहकहरूले नियमितरूपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।
यसैगरी बैंकले विसं २०७७ सालको डिजिटल क्यालेण्डर सार्वजनिक गरेको छ । यस क्यालेण्डरमा बैंककै कमचारी साथीहरूद्वारा खिचिएका तस्बिरहरू प्रयोग गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा डिजिटल माध्यमबाट अनलाइन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको विमोचन गरेका हुुन् ।
काठमाडौँं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल देशका विभिन्न भागहरूमा एक सय २३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमसिक अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रूपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया