ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : अध्यक्ष डा भट्टराई
सुर्खेत, २७ साउन स् नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए। चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।
“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा भट्टराईले सुझाव दिए। ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए। रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सन्दीपको मुद्दा : गौशाला २६ पक्षको बहस सकियो
- एमाले संसदीय दलको बैठक सुरु
- भिजिट भिसामा कुवेत पुर्याई बन्दक बनाएको आरोपमा दुई जना पक्राउ
- उच्च अदालत पाटन बाहिर कडा सुरक्षा
- सहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन
- सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
- १६ औँ योजना : २३ सय ५१ डलरको प्रतिव्यक्ति आय लक्ष्य
- ख्वप मिनिबस सेवा समितिको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया