महिला चेम्बरको सहकार्यमा चित्रकला प्रदर्शनी
काठमाडौं । सिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरको सहकार्यमा प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।
महिला चेम्बरको सदस्य तथा कलाकार रिशिका जालानबाट सिर्जना गरिएको चित्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले उद्घाटन गरेकी थिइन् । सो अवसरमा खतिवडाले चित्रकलाले मानवीय संवेग तथा सामाजिक रूपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकाले यसको महत्व रहेको बताइन् । महिला आयोगले महिला कलाकारको क्षमता विकासका निमित्त विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले जानकारी दिइन् ।
यस्तै, उनले रिशिका जालानद्वारा प्रदर्शित चौथो संस्करणको चित्रकला प्रदर्शनीको सफलताको कामना गरिन् । सो अवसरमा नेपाल महिला चेम्बरका महासचिव लिमा अधिकारी तथा कला प्रेमीहरूको उपस्थित रहेको थियो । शनिबारदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया