विप्रो जीई हेल्थ केयरद्वारा नेपालमा भी स्क्यान ऐर सुरु
काठमाडौं । विप्रो जीई हेल्थ केयरले दुर्गम क्षेत्रमा पहुँच पुग्ने हिसाबले भी स्क्यान ऐर सुरु गर्ने घोषणा गरेको छ । वायरलेस, ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली पोइन्ट–अफ–केयरमा सम्पूर्ण शरीर स्क्यानिङ गर्न सकिने हेल्थ केयरले जनाएको छ ।
जीई हेल्थ केयरको अत्याधुनिक सिग्नल म्याक्स टेक्नोलोजीको यो नवीन उपकरणले नेपालमा नवजात शिशु र मातृ मृत्युदरलाई घटाउन सहयोग गर्ने बताइएको छ । भी स्क्यान ऐरको द्रूत र सही डायग्नोसिस गर्ने क्षमताले हेरचाहको विन्दुमा मातृ र शिशु स्वास्थ्य सेवामा राम्रो निर्णय लिने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसले स्वास्थ्य सेवालाई सशक्त बनाउँदै विभिन्न स्वास्थ्य समस्याको उपचार सहज र विश्वासिलो बनाउन सहयोग गर्ने बताइएको छ । जीई हेल्थकेयर दक्षिण एसियाका अध्यक्ष, सीईओ तथा विप्रो जीई हेल्थ केयरका प्रबन्ध निर्देशक चैतन्य सरवटेले आफूहरूको दृष्टि प्रत्येक बिरामीलाई एकीकृत, कुशल र व्यक्तिगतरूपमा हेरचाह गर्न सहज हुने बताए ।
सीईओ चैतन्यले चिकित्सकका लागि जहाँ पनि र जुनसुकै समयमा कुशल हेरचाह प्रदान गर्न सक्ने स्मार्ट उपकरणहरूको बढ्दो आवश्यकता रहेको बताए । भी स्क्यान ऐर यसका लागि उदाहरणीय र भविष्यका लागि अग्रगामी कदम हुने उनको दाबी छ ।
नेपाल एनेस्थेसियोलोजी समाज (सान)का अध्यक्ष तथा मणिपाल शिक्षण अस्पताल, काठमाडौंका एनेस्थेसिया विभाग प्रमुख डा अमिरबाबु श्रेष्ठले भी स्क्यान सुविधाजनक र मूल्यवान उपकरण रहेको बताए । यस अल्ट्रासाउन्ड यन्त्रको पोर्टेबिलिटी विशेष गरी नेपालमा लाभदायक रहेको उनको भनाइ छ । भी स्क्यान ऐर एक टच स्क्रिन इन्टरफेस र टेक्नोलोजीको सहयोगमा व्यक्तिगत र सहज स्क्यानिङको सुविधाका लागि उपयोगी हुने बताइएको छ ।
कम्पनीका अनुसार हालसम्म चिकित्सक माझ भी स्क्यान उत्पादन सुइटबाट निर्मित ५० हजार भन्दा बढी प्रणालीहरू छन् । जसले विश्वव्यापीरूपमा अनुमानित १० करोडभन्दा बढी बिरामीको उपचारमा सहयोग गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया