जनकपुरधाम । मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे जानकारी गराएको छ । सोमबार साँझ प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै प्रदेश सांसद यादव पक्राउ परेको जानकारी गराएका हुन् ।
प्रत्यक्ष निर्वाचित सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरी उनलाई सोमबार नै जिल्ला अदालत सप्तरीमा पेस गरिएको थियो । मंगलबार पुनः पेस गर्ने गरी उनलाई प्रहरी हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते अपहरण गरी नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या गरिएको थियो । धनगढी गाविस–३ की मृतककी दिदी रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्य ज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।
सप्तरी जिल्ला अदालतले २०६८ चैत १९ गते कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसअघि फरार रहेका यादव फरारको सूचीमा रहेका थिए । तर पछि प्रत्यक्ष चुनाव लडेर जित्दासमेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति
- गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा उत्रिने
- बजारको उकालो यात्रा अझै जारी
- सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्: प्रधानमन्त्री
- भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन
- प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र
- बनेपामा आजदेखि चण्डेश्वरी जात्रा
- जलवायु परिवर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएको छ: मन्त्री सुडी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया