Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफको प्रमुुख कार्यकारीमा खत्री

ज्योति लाइफको प्रमुुख कार्यकारीमा खत्री


काठमाडौं, वैशाख २३
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा प्रकाशविक्रम खत्री नियुक्त भएका छन् । कम्पनीका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सोही कम्पनीमा उपप्रमुख कार्यकारी रहेका खत्रीलाई यही वैशाख २१ गतेदेखि लागु हुने आगामी चार वर्षको लागि प्रमुुख कार्यकारीमा नियुक्त गरिएको हो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ५१ लाख ४२ हजार सात सय ४६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड सात लाख ४७ हजार पाँच सय १६ रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रूपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रूपैयाँ ९८ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x