मेरो माइक्रोफाइनान्सद्वारा दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई सहयोग
काठमाडौं, वैशाख २४
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरूलाई आवश्यक खाद्यान्न सामग्री खरिद गर्नका लागि सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ ।विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपत्तिको घडीमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्वअन्तर्गत २० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरेका हुुन् । संस्थाले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ६१ जिल्लमा एक सय २० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड १९ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा छ करोड १८ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड ६१ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १३ करोड एक लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड १९ लाख आठ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड १३ लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८० रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९९ करोड ४७ लाख ३६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड सात लाख ६८ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८७ दशमलव कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया