येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल
काठमाडौं । जावा येज्दी मोटरसाइकल्सले ‘येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको छ । नेपालीहरूको विशेष चाडपर्वको अवसर पारेर कम्पनीले सो योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्याम्ब्लर, रोडस्टर र जावाका जुनसुकै मोडलहरू किन्दा पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामान, तीन वर्षका लागि वार्षिक कर निःशुल्क र ५० हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनाएको छ । यी आकर्षक उपहारका साथै सजिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
चाडपर्वको बेलामा उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउन कम्पनीले यो योजना ल्याएको बताएको छ । छ स्पिड गियर जडित येज्दी मोटरसाइकलहरू तीन सय ३४ सिसीको बिएस सिक्स लिक्विड कुल्ड इन्जिनयुक्त छन्, जसले न्यूनतम २९ दशमलव ५० बीएचपी पावर र २८ दशमलव दुई एनएमको टर्क दिने बताइएको छ ।
यसैगरी, येज्दी मोटरसाइकलहरू डुअल च्यानल एबीएस, बाटोअनुसार चेन्ज गर्न सकिने स्विचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंग पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्सजस्ता फिचरहरूले सुसज्जित छन् । साथै, कम्पनीले सोरुममा आएर उत्कृष्ट बाइकलाई नजिकबाट हेर्न, बुझ्न र टेस्ट राइड गर्न तथा अफरको फाइदा लिन पनि आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया